टर्की र सिरियाका भूकम्पबाट प्रभावित शिविरमा बस्न बाध्य

80

एजेन्सी । जीर्ण घरको अगाडि सडक छेउमा बसेकी एउटी महिलाले त्यो घरलाई मात्र हेरिरहेकी थिइन्। उनको हातमा एउटा ठूलो झोला थियो जसमा केही न्यानो लुगा र राहतमा खटिएका अधिकारीले दिएको आधा बोतल पानी थियो।

दक्षिण टर्कीको इस्केन्डरुन सहरको बीचमा बनेको यो घर केही दिनअघिसम्म पाँचजनाको बसोबास थियो। तर, भूकम्पका दुई ठूला धक्काले घर भत्काइदियो र परिवारलाई घरबारविहीन बनायो।

तीन सन्तानकी आमा ३४ वर्षीया निहाल गुल्केटिनले भनिन्, ुत्यस बिहान हामी बच्चाहरू लिएर घरबाट बाहिर निस्कन सक्यौं, दश दिन भयो घरको खुबै याद आउँछ। दुस्खको कुरा यो पनि छ कि कसैले नुहाउन सकेका छैनौँ।ु

सडकको छेउमा बनेका १४ वटा घर भत्किएका छन्। भग्नावशेष हटाएर मानिसलाई बस्नका लागि अस्थायी टेन्ट राखिएको छ। रातमा तापक्रम माइनस सात डिग्रीमा झर्छ तर यहाँ शरण लिएका ८०० परिवारसँग यसको सामना गर्नुको विकल्प छैन।

लगभग सबैले अब अपरिचितहरूसँग खान र बस्न बाध्य छन्। टर्की–सिरियामा फेब्रुअरी ६ मा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ। यहाँका लाखौँ भवनमा या त दरार परेका छन् वा भत्किएका छन्।

सहरहरू सुनसान छन्। जताततै विनाशको दृश्य मात्र देखिन्छ।

समय बित्दै जाँदा, भग्नावशेषबाट धेरै मानिसलाई जिउँदै निकाल्ने आशा धमिलो हुँदै गइरहेको छ।

तर राहत शिविरमा बसिरहेका लाखौं मानिसहरूलाई सफा शौचालय, सफा खानेपानी र ताजा खाना कहिलेसम्म र कसरी उपलब्ध गराउने भन्ने ठूलो चुनौती बनेको छ।

ुएलेप्पोमा फैलियो हैजाु

अष्ट्रेलियाबाट राहतमा सहयोग गर्न आएकी मनोवैज्ञानिक र जनस्वास्थ्य विज्ञ डाक्टर फातिमा लोडेनले वास्तविक लडाई अब सुरु हुन लागेको बताउँछिन्।

उनले भनिन्, ु सहकर्मीहरूले मलाई सिरियाको एलेप्पो सहर लगभग ध्वस्त भएको र अहिले त्यहाँ हैजा फैलिरहेको बताएका छन्।ु

नुर्दगी सहर

भूकम्पअघि यो सानो सहरको जनसंख्या ४० हजार ९५७ थियो। स्थानीयसँग कुरा गरेपछि थाहा भयो भूकम्पका कारण यहाँ प्रत्येक परिवारमा एक न एक जनाको मृत्यु भएको छ।

श्रीमान् र छोराछोरी गुमाएकी डोना अडिजले भिजेको आँखामा भनिन्,’धेरै दिनपछि शव निकाल्न सकिन्थ्यो। हाम्रो इलाकाका मानिसहरूले सहयोग नगरेको भए त्यो पनि हुने थिएन। अहिले न त बाथरुम छ, न त पकाउने ठाउँ।’

टर्की र सिरियाका भूकम्पबाट प्रभावित यी सबै सहरका बासिन्दा शिविरमा छन्। तिनीहरूको संख्या दिनहुँ बढ्दै गएको छ, यी शिविरहरू पनि बस्न योग्य बनाउन अर्को चुनौती थपिएको छ।

टर्कीका प्रभावित सहरहरूमा सामुदायिक किचनहरू सुरु गरिएको छ जहाँ मानिसहरू आएर खाना खान सक्छन्।

सरकारसँगै बाहिरी देश र संस्थाबाट पनि सहयोग आइरहेको छ तर यति ठूलो विपद्का धेरै पक्ष छन्। ४३ वर्षीय साहिनको दक्षिणी टर्कीको समाजमा राम्रो प्रतिष्ठा थियो। उनले देशका राष्ट्रपति रेसेप तैयप अर्दोआनसँग आफ्नो तस्बिर सेयर गरे। तर भूकम्पसँगै उनीहरुको संसारमा केही मिनेटमै परिवर्तन भयो।

उनले आफ्नै काकाको परिवारको शव भग्नावशेषबाट निकाले। उनले आफ्नो भत्किएको घर देखाउँदै भने, ुत्यतिबेला कोही पनि सहयोग गर्न आएनन्, म आफैंले मेरो स्टाफसँगै भत्किएका भवनहरूबाट धेरै मानिसहरूलाई बाहिर निकालेँ। त्यहाँ कुनै खानेकुरा थिएन, न्यानो राख्नको लागि केही थिएन।ु

उनले अगाडि थपे, ुभूकम्पबाट बाँच्न सफल भइएको छ। राहतमा आएको खाना खानु र पालमा बस्नु हाम्रो दैनिकी बनेको छ।ु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here