नेप्से ५७.७४ अंकले घट्यो

47

काठमाडौं ।  लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले अनियन्त्रित कर्जा लगानी, प्रोभिजन र लाभांशमा गरेको कडाइको असर सेयर बजारमा देखिएको छ । बिहीबार लघुवित्त उपसूचकमा पहिरो गयो । जसका कारण समग्र सेयर बजारमा ५७.७४ अंकको गिरावट आएको छ । लघुवित्तमा मात्र ९.५४ अंकको गिरावट आएको छ । ३९ वटा कम्पनीको सेयर मूल्य नेगेटिभ सर्किट लेवलमा कारोबार भयो ।

यसरी घट्नेमा सबै लघुवित्त कम्पनी छन् । बिहीबार ४८ हजार १०५ वटा कारोबारबाट ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

घट्दो बजारमा पनि नेपाल हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.८२ प्रतिशतले बढ्यो । सामलिङ पावर कम्पनी ४.७७ प्रतिशतले बढेको छ । बिहीबार छिमेक लघुवित्तको सबैभन्दा धेरै कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here