उपाध्यक्ष मशहूद मदरसको व्यवस्थापन बारे गराए प्रधानमंत्रीको ध्यानाकर्षण

74

कपिलवस्तु ।    लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले फागुन ८ गते प्रम पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् l

मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले
मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने प्रमुख माग सहित ज्ञापन पत्र दिइएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां ले जानकारी दिएका छन् l

प्रधानमंत्री मदरसा व्यवस्थापन बारे आफू सकारात्मक रहेको तथा मदरसाका सवालमा उचित व्यवस्थापन गरि मदरसाको समस्या समाधान गरिने आश्वासन दिनुभएको उपाध्यक्ष मशहूदले जानकारी दिए l

उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति सल्लाहकार मेघनाथ ढकाल सहितले प्रधानमंत्री लाई भेटेर मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका थिए l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here