रुसले मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई खारेज गरे

45

काठमाडाैं  ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रान्सनिस्ट्रिया क्षेत्रको भविष्य निर्धारण गर्न मोल्दोभालाई दिइएको स्वतन्त्रतालाई मंगलवार खारेज गरेका छन् ।

सन् २०१२ मा जारी निर्देशिकाले मोल्दोभाबाट छुट्टिन खोजेको ट्रान्सनिस्ट्रियालाई उक्त अधिकार दिएको थियो । रुसीभाषीहरू बस्ने ट्रान्सनिस्ट्रिया युक्रेनको सीमामा पर्छ र त्यहाँ रुसले आफ्ना हतियारहरू राख्ने गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा आएका व्यापक परिवर्तनलाई विचार गर्दै रुसको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नका लागि सन् २०१२ को निर्देशन खारेज गर्ने निर्णय लिइएको भनी क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ ।

आफ्नो देशमा रुसले आक्रमण गर्न लागेको मोल्दोभाका नवनियुक्त प्रधानमन्त्री डोरिन रेसियनले बताएका छन् । युक्रेनमा नयाँ मोर्चा खोल्नका लागि रुसले राजधानी चिसिनाउमा रहेको विमानस्थल नियन्त्रणमा लिन खोजेको उनको भनाइ छ ।

उनको यस दाबीलाई युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पनि पुष्टि गरेका छन् ।  विमानस्थल कब्जामा लिने योजना रुसले युक्रेन युद्धको आरम्भतिर अपनाएको रणनीतिको सम्झना दिलाउँछ । युद्धको पहिलो दिन रुसी प्याराट्रूपरहरूले होस्तोमेल एयरपोर्टमाथि हवाई आक्रमण गरेका थिए । राजधानी किएभ नजिक रहेको उक्त एयरपोर्ट नियन्त्रणमा लिएर थप रुसी सैनिकहरू पठाउने उसको योजना थियो । यो आक्रमण विफल भए पनि होस्तोमेल नियन्त्रणमा लिनका लागि भएको लडाइँमा संसारको सबभन्दा ठूलो विमान एन्टोनोभ–२२५ म्रिया ध्वस्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here