वित्तिय संस्थाले अबदेखि आकास्मिक बिदाको दिन पनि सेवा प्रवाह गर्नु पर्ने

33

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई सकारकारले दिने आकास्मिक बिदाको दिन अत्यावश्यक सेवा प्रवाह गर्न निर्देशन दिएको छ।

शुक्रबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले एक निर्देशन जारी गर्दै आकस्मिक बिदाका दिनमा बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्न भनेको हो।

उक्त निर्देशनमा भनिएको छ,‘बैंकको बिदाको सूचीका अतिरिक्त बिदा तथा नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि १:३० बजेसम्म इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाले विभाग तथा कार्यालय खुला राखी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here