काठमाडौं । काठमाडौं, काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ माथिल्लो खोप्ताक बस्ने २७ वर्षीय राम बहादुर लिम्बु साँगुरीगढी गाउँपालिका-१ स्थित घुमाउने भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबारदेखि हराएका उनको प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो ।
कैलाली, कैलारी गाउँपालिका-७ सडकपुर बसन्ता बस्ने ७५ वर्षीय लाहनु चौधरी आफ्नै घर नजिक सडक छेउको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, कैलारी गाउँपालिका-४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















