काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६, गुफाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गुफाडाँडाका अन्दाजी ४७ वर्षीय राधे बन्जराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धापबाट गुफाडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०२०प ८८९४ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ७ बजे सडकबाट अन्दाजी ६ मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीचौकी पाँचपोखरी थाङपालले जनाएको छ ।

















