सवारी बन्द गरी पृथ्वी राजमार्गको भित्ता काटिने

111

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मसग्नि–पोखरा खण्ड विस्तार भइरहेको छ । उक्त सडक खण्ड चार लेन विस्तार गर्ने कार्यअन्तर्गत भीर काट्न रातिमा यातायात अवरूद्ध गरिने भएको छ ।

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी रातिमा यातायात बन्द गरी कार्य गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले गत पुस १९ गतेको बैठकबाट भएको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको हो । उहाँले वर्षाको समय सुरूवात हुनु अगावै सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

राजमार्गको विमलनगरदेखि घाँसीकुवासम्मको खण्डमा भीर कटान (ब्याक कटिङ) को कार्य छिटो छरितो गर्नका लागि मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डबाट अनुरोध भई आएबमोजिम सो निर्णय भएको प्रजिअ रिजालले जानकारी दिए।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here