बल्खुमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात

467

काठमाडौं / ड्युटिमा खटिएका प्रहरीमाथि हातपात गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बल्खुस्थित कुमारीक्लब नजिक ड्युटिमा खटिएका प्रहरीलाई हातपात गर्ने काठमाडौं बानेश्वरर बस्ने २२ वर्षीय बिवस श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएका प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी अशान्ति फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here