काठमाडौं । विश्वमातृभाषा दिवसकाे अवसरमा भोजपुरी भाषाकाे संरक्षण सम्बद्वर्न गर्नमा उल्लेखनीय याेगदान गरे बापत विश्व भोजपुरी सम्मेलनबाट फेटा ३ बाराक़ा विजय किशोर पाण्डेयलाई भारतको बढ़ा लालपुर, चण्डमारी वाराणसीमा विशेष सम्मान गरेकाे छ ।
डा. अशोक सिंहकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन चन्दन सिंह गरेकाे थियो। साे कार्यक्रममा विजय किशोर पाण्डेय तयार पारेको “वैज्ञानिक वैदिक सभ्यता” भोजपुरीमा रहेको पुस्तक विश्व भोजपुरी समेलनका राष्ट्रिय अध्यक्ष अजय दुबे दायाँ र महासचिव डा. अशोक सिंह बायाँ र मन्चमा आसिन रहेका विद्वानहरुले सामुहिक रुपमा विमोचन गरेका थिए ।
भोजपुरी भाषाको समृद्धि र विकासका लागि गहन छलफल समेत भएकाे कार्यक्रममा फेटा घ बाराका विजय किशोर पाण्डेयलाई पनि विश्व भोजपुरी सम्मेलनका राष्ट्रिय अध्यक्ष अजय दुबेले सम्मानपत्र, शिल्ड र गमछा ओढाएर सम्मान गरेका थिए ।

















