काठमाडौं । जीवन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्सले सबै शाखामार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तीय संस्था तथा ईसेवाको माध्यमबाट क्यूआर स्क्यान गरी बिमा शुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा पहिचान बनाउन नेसनलका बीमितलाई यो सेवाले थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितिमा क्यूआर स्क्यानमार्फत भुक्तानी सेवाको औपचारिक सुरुवात गरिएको हो ।

















