छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयाे

29

सप्तरी। सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

उनीहरुलाई स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ ।

यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here