प्रदेशको नाम माग्दा कन्जुस्याइँ 

47

विराटनगर । नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतासँग गरेको प्रतिबद्धताप्रति राजनीतिक दलहरू इमानदार नभएको बताएका छन्। राईले बुधबार प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो  बताएका हुन्।

जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्नु र मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गरेको भन्दै उनले जनतालाई दिएको वचनप्रति नेताहरू इमानदार नभएको आरोप लगाए।

उनले  प्रदेशको नाम जनताको चाहना र माग रहेको बताउँदै साझा सरोकार र जनताको  विषय भएकाले सहमतिमा जोड दिए।

किराँत लिम्बुवान सगरमाथा तमाम जनता र सांसदको धारणा रहेको बताउँदै उनले सगरमाथाले प्राकृतिक सम्पदा छुने बताउँदै उनले आफूले प्रस्ताव राखेको नामले  सांसद र जनताको भावना नछुट्ने बताउँदै उनले भने‚ ‘यो नाम उपयुक्त छ।’

उनले किराँत लिम्बुवान जात नभएर सभ्यता रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here