इतिहास तथा बौद्ध अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

68

ललितपुर ।  त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागमा अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। बौद्ध गुरु छोग्याल रिन्पोछेको जन्मोत्सवको अवसरमा नेपाल बौद्ध संघको तर्फबाट ती छात्रवृत्तिका रकमहरु खेन्पो सर्वजीत गोम्पाबाट प्रदान गरिएको हो।
यसैगरी दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्ति बौद्ध अध्ययन विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा रेजना श्रेष्ठलाई विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरबाट प्रदान गरियो।
ती दुबै छात्रवृत्ति शुक्रबार नेपालभाषा केन्द्रीय विभागमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।
पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु मैँया बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाटन संयुक्त क्याम्पसमा प्रमुख डा. लक्ष्मण सिंह कुँवरले उत्कृष्ट छात्रालाई जेहेन्दार छात्रवृत्ति सम्मानपत्र प्रदान गर्नुभयो। यसैगरी त्रिवि प्राध्यापक संघ पाटन संयुक्त क्याम्सका एकाइ समितिका सभापति राम बहादुर केसीले उत्कृष्ट छात्रालाई पुस्तकहरु प्रदान गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here