देशभर होली मनाउन सुरु गरि

93

काठमाडौं । रंग र हर्षोल्लासको पर्व होली मनाउन सुरु भएको छ। आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो।
फागु पूर्णिमाका दिन मनाइने होली यसवर्ष पनि हर्षोल्लासका साथ मनाउन थालिएको छ। काठमाडौंको वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन्।
वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन्। साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ। आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। एक–अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ। यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here