मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

21

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव  (पुरुष) रहेक छन् ।

सोमबार राति करिब ११ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-१० लालगढमा बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २-००२-०३ प ७७४३ नम्बरको मोटरसाइकल सडक मानवसँग ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित सडक मानवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here