राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै

49

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । कसलाई मत दिने भन्ने निर्णय लिन राप्रपाले दिउँसो बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

पर्सि बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here