रुस–युक्रेन युद्ध चलिरहँदा दक्षिण कोरियाले अरबौं डलर हतियार बिक्री

77
(L to R) Polish Defence Minister Mariusz Blaszczak, Minister of South Korea's state arms procurement agency Eom Donghwan and Polish President Andrzej Duda look at tanks during the acceptance of the first South Korean K2 battle tanks and South Korean K9 howitzers for Poland in December 6, 2022 at the Baltic Container Terminal in Gdynia. - The Polish Army is strengthening its potential with the use of South Korean defense technologies. In July this year an agreement was concluded with Hyundai Rotem for the acquisition of a total of 1,000 K2 tanks with accompanying vehicles. (Photo by MATEUSZ SLODKOWSKI / AFP)
काठमाडौं । रुस–युक्रेन युद्ध चलिरहँदा दक्षिण कोरियाले अरबौं डलर बराबरको हतियार बिक्री गरेको छ । युद्धमा प्रत्यक्ष संलग्न नभई पनि कोरियाले अरबौं डलरको हतियार निर्यात गरेको हो । ‘कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड’ का अनुसार सन् २०२२ मा दक्षिण कोरियो १७.३ अर्ब डलर बराबरको हतियार निर्यात गरेको छ । जुन सन् २०२१ को भन्दा १४०% ले धेरै हो । कोरियाकोे हतियार निर्यातमा लडाकु विमान, स्वचालित हाविट्जर, ट्यांक र मल्टिपल रकेट लन्चरहरु समावेश रहेको छ ।
कोरियाले युक्रेनलाई प्रत्यक्ष रुपमा हतियार आपूर्ति नगरेपनि सहयोगी राष्ट्रहरुलाई भने हतियार दिइरहेको छ । कोरियाले सुरुदेखि नै रुसको विरुद्धमा रहेको पोल्याण्डलाई १२.४ अर्ब डलरको हतियार उपलब्ध गराएको छ । यस्तै, अर्को नेटो सदस्य राष्ट्र रोमेनिया पनि कोरियाबाट हतियार खरिद गर्ने तयारीमा रहेको छ । हतियार निर्यातमा देखिएको उच्च वृद्धि कोरियाली राष्ट्रपति युन सुक योलको दृष्टिकोण अनुरूप नै रहेको छ ।
राष्ट्रपति युन सुक योलले कोरियालाई सन् २०२७ सम्ममा विश्वको चौथो ठूलो हतियार निर्यातकर्ता बनाउने संकल्प गरेका छन् । सोही अनुरुप कोरियाको हतियार निर्यातमा पनि वृद्धि देखिएको हो । स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, २०१७ र २०२१ को बीचमा विश्वका शीर्ष २५ हतियार निर्यातकर्ता देशहरुमध्ये दक्षिण कोरियाको निर्यात वृद्धिदर सबैभन्दा तीब्र देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here