राष्ट्रपति निर्वाचनमा ८ सय ३१ मत खस्यो

25

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८ सय ३१ मत खसेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८ सय ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा कुल ८ सय ८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।
यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।
यस्तै प्रदेशतर्फ ५ सय ५० मध्ये ५ सय १८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here