प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ

182

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ।

प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायत कानुन व्यवसायीले बहस गरेका थिए। अब उक्त मुद्दाबारे सर्वोच्च अदालतको आदेश आउन बाँकी छ।

आदेश दिने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here