बैठक नबस्न दलहरुलाई आयोगको निर्देशन

36
काठमाडौं ।  शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनअघि दलहरुलाई कुनै प्रकारका छलफल, अन्तरक्रिया र बैठक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
बिहीबार आयोगले एक विज्ञप्ति जारी गर्दै आचारसंहिता लागू भइसकेकाले यो अवधिमा निर्वाचनलाई प्रभावित पार्नेगरी कुनै पनि खालका बैठक र सम्मेलनहरु नगर्न अनुरोध गरेको हो।

आयोगले यस्तो निर्देशन जारी गरेपछि सत्तारुढ गठबन्धनको बैठक पनि प्रभावित हुने देखिएको छ। आचारसंहिता लागू भइसकेको अवस्थामै बुधबार नेपाली कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपा नेता रामसहाय यादवलाई मत दिने निर्णय गरेको थियो।

त्यसपछि निर्वाचन आयोगले ध्यानाकर्षण गराएको थियो। बु्धबार साँझ नै सत्तारुढ गठबन्धनको बैठकसमेत बसेको थियो। गठबन्धनबाट उपराष्ट्रपतिका लागि दुईवटा उम्मेदवार चुनावी मैदानमा छन्।

333855648_1370283237081917_5976143556335973766_n1678961246.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here