-मृत्युञ्जया लामिछाने
कक्षा १० एल.आर. आई. स्कुल, कलङ्की
आकाश हुन् मेरी उनी धर्ती हुन्
उनी मेरो मुटु मेरो माया पिरती हुन् उनी ।।
उनी हुन्छिन् घाम लाग्छ जून उदाउँछ ।
हुन्नन् उनी उनकै यादले मन रुवाउँछ।।
मेरो खाना मेरो नाना मेरो ज्यान उनी ।
मेरा अक्षर मेरा शब्द मेरो ज्ञान उनी ।।
भोकै बसी मलाई ख्वाउने मेरी आमा
उनी मेरो दु:ख भुलाउने मेरी आमा उनी ।।
उनी मेरो पहिलो शब्द आँखा मेरो उनी
मैले गाउने गीतभरी भाका मेरो उनी ।।
नहार्नलाई जीवनमा दिएकी छिन् शिक्षा ।
उनलाई सधैँ खुसी दिने मेरो यही इच्छा ।।


















