स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

65

महोत्तरी । जलेश्वर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित जलेश्वर नगरपालिका-३ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाण्डेको साथबाट उक्त भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो । 3 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here