भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद बैठक वाइह्यात र देखावटी तामझाम मात्रै : कमल थापा

266

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा सहभागी भएको आज दिउँसोको क्याबिनेट मिटिङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘वाइह्यात र देखावटी तामझाम’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौं :  भन्दै पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत् मन्त्रिपरिषद बसेको फोटोसहित ट्विट गरेपछि कमल थापाले प्रतिक्रिया दिएका हुन्।

थापाले लेखेका छन् – न देशमा आपतकाल छ, न तत्काल वितिहाल्ने काम छ, सरकार प्रति जनताको वितृष्णा बढ्दै छ, यस्तो अवस्थामा किन यस्तो वाइह्यात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here