अवैध लागूऔषध सहित पक्राउ 

131

काठमाडौं  । झापा मेचिनगर नगरपालिका-६ मेचिखोलाको पुरानो पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-२ बस्ने २६ वर्षीय अमृत राई र सोही ठाउँ बस्ने  ईलाम चुलाचुली  घर भएका २२ वर्षीय सन्तोष ढकाल रहेका छन् । मे.५ प ५६५ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार अमृत र स्कुटर चालक सन्तोषलाई पक्राउ गरेको   हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका(३ नौलाखेतबाट करिब ५ ग्राम १३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिलकपुर बस्ने २४ वर्षीय रोहित खत्री, डडेल्धुरा भागेश्वर गाउँपालिका(३ घर भएका २२ वर्षीय दिपक ऐडी र कञ्चनपुर भिमदत्त नगरपालिका(३ बिचपुरी बस्ने २० वर्षीय आवेश चौधरी रहेका छन् । सुदूर पश्चिम प्रदेश ०२००३ प ९३०६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here