सत्तासीन नेकपा नेता/कार्यकर्तालाई सार्वजनिक सार्वजनिक आलोचना गर्न प्रतिबन्ध, कारबाहीसमेत हुने निर्णय

97

काठमाडौं  /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक सार्वजनिक आलोचना गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ ।

सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो ।सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पत्रकारसँग श्रेष्ठले भने – ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’  ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here