काठमाडौं । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसैगरी अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी बाढी, पहिरोमा बेपत्ता भएर १० दिनसम्म पनि फेला नपर्नेका परिवारलाई मृतक सरह राहत दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने र प्रधानमन्त्री कार्यालयकी निमित्त सचिव लीलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय बैठकले गरेको गुरुङले जानकारी दिए । उनले मन्त्रिपरिषद्को निर्णयहरू २४ घण्टासम्म गोप्य रहने भन्दै आगामी दिनमा बैठकलगत्तै जानकारी नगराइने र २४ घण्टापछि मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाए ।
















