प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार गरे भेटवार्ता

36

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए ।

सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here