काठमाडौं- दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा स्वयंम गायक ओडलाई देख्न सकिन्छ । गीतको भिडियोमा युवापुस्ताको माया प्रेम र रोमान्टिक अवस्थालाई देखाउन खोजिएको छ ।
भिडियो सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ ।

















