१० लाख रुपैयाँ घुस लिएको आरोपमा इन्सपेक्टर पक्राउ

344

काठमाडौं / इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।  बयानका लागि आयोगले मंगलबार बोलाएर उनलाई थुनामा राखेको हो ।

गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here