सरकारविरुद्ध गोविन्द केसीले दिए यस्तो चेतावनी

151

काठमाडौं- डा. गोविन्द केसीले प्रेस स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र द्वन्द्वपीडितको माग संबोधनमा गम्भीर नबने सरकारविरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

एक विज्ञप्ति निकाल्दै डा. केसीले बर्तमान सरकारका गैर–लोकतान्त्रिक तथा निरंकुशता–उन्मुख कदमहरुविरुद्ध आफू फेरि पनि बोल्न बाध्य भएको जनाएका छन्।

केसीको प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता हरण गर्ने नियतसहित आयोगको ऐनमाथि आएको संशोधन प्रस्ताव हटाउनु पर्ने संक्रमणकालीन न्याय प्राप्तिका लागि तत्काल द्वन्द्वपीडित तथा मानव अधिकारवादीहरुले माग गरे बमोजिम सम्बन्धित ऐनहरुमा संशोधन गर्नुपर्ने जस्ता माग रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here