जनप्रतिनिधिको प्रतिबद्धता बालविवाह गर्नेलाई सेवा नदिने

358

दाङ /  बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ ।

स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने खालको अभियान चलाउने तयारी गरेका छन् । ‘महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बालविवाह तथा दाइजो प्रथा रोक्न समाज जागरुक बन्नुपर्छ । हामी बालविवाह गर्नेलाई नगरपालिकाबाट सेवासुविधा दिने छैनौँ’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘अब जनचेतनामूलक कार्यक्रम, संवाद, छलफल गर्छौं ।’

नगर क्षेत्रमा कसैले बालविवाह गर्न थालेको थाहा पाए स्थानीय सरकारलाई खबर गरिदिन आग्रह गरिएको छ । प्रमुख रावल भन्नु हुन्छ,, ‘बालविवाह हुन लागेको थाह पाए हामी रोक्छौँ ।’ नगरपालिकाको चौथो नगरसभाले बालविवाह र छाउपडी प्रथाविरुद्ध सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

कैलाली जिल्लामा स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत आमा २० वर्षमुनिका छन् । यस तथ्याङ्कले बालविवाहको समस्या निकै चुनौतीपूर्ण रहेकाले यसको न्यूनीकरणका लागि जनप्रतिनिधि र राजनीतिक दलले अभियान थालेका छन् ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बालविवाह रोक्न सबै जिम्मेवार बन्नुपर्ने जानकारी दिएका थिए । ‘सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ । अनि विद्यालयस्तरमा पनि बालविवाह कानूनी रुपमा दण्डनीय भएको कुरा बढी जोड दिएर सिकाउन आवश्यक छ’, उनले भने ।

लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँले परिवारको स्वीकृति बिना प्रेम गरेर बालबालिकाको विवाह भइरहेकाले पनि अब सचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने धारणा राखे । ‘हामी प्रतिबद्ध छौँ । अभिभावक सचेत बन्नुस्, सबैले साथ दिएमा सामाजिक कलङ्कका रुपमा रहेको बालविवाहको समस्या न्यूनीकरण गर्न सकिन्छ ।’

उमेर नपुगी विवाह गर्दा बालबालिका दुवैलाई असर गर्छ । बालविवाहले उनीहरुको पढाइ प्रभावित हुने, आर्थिक जिम्मेवारी बढ्ने गर्दछ भने बालिकालाई शारीरिक र मानसिक अवस्थामा समेत असर पर्छ । बालिका सानै उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर खाले असर पर्नाका साथै जीवन दुःखदायी बन्ने गर्दछ ।

‘बालविवाह अब हामी गाउँगाउँमा जनचेतनामूलक सन्देश दिने काम गर्र्छौं’, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले, ‘उमेर नपुगी विवाह हुनै दिनु भएन ।’ विष्टले भनिन्, ‘कानूनी रुपमा २० वर्षअघि विवाह गर्न मिल्दैन, बालविवाह गरेका धेरै महिलामा मानसिक समस्या देखिने गरेको छ । यसलाई व्यावहारिक रुपमा रोक्नै पर्छ ।

जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले बालविवाह र दाइजो प्रथाजस्ता कुप्रथाकै कारण महिलाहरु घरेलु हिंसामा परिरहेको जानकारी दिए । उपाध्यक्ष महतोले भने, “बालविवाहले स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित गराउँछ । स्वस्थ र खुशी परिवारका लागि २० वर्षअघि विवाह गर्नु हुँदैन ।”

कानूनी व्यवस्थामा २० वर्ष नपुगी गरिएको विवाहलाई अवैधानिक मानिन्छ । बालविवाह गरेमा तीन वर्षसम्म जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ । कानूनले वर्जित गरे पनि नेपाली समाजमा बालविवाह अभ्यासमा छ । कतिपय जाति समुदायमा प्रचलित संस्कारले पनि यसलाई निरन्तरता दिएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्
ष्लाय)यगतष्लिभ
तपाईको ईमेल गोप्य राखिनेछ
नाम ८स्

इमेल ८स्

प्रतिक्रिया ८स्

पोष्ट गर्नुहोस्

यो पनि पढौँ
बेनीका नगरप्रमुख र कार्यपालिका सदस्यबीच विवाद
पालुङटारमा हेलो मेयर
आधा दर्जन सरकारी कार्यालय पुनःस्थापना भएनन्
विश्व वातावरण दिवसको अवसरमा पत्रकार सम्मानित
हावाहुरीले अर्घाखाँचीका ६० घरधुरी क्षतिग्रस्त
काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौंस् मुख्यमन्त्री शाही

भर्खरै
नेकपा सचिवालय बैठकस् आज पनि हुन सकेन निर्णय
मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि
काङ्ग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
सिंहदरबारमा प्रधानमन्त्रीले रोपे एभोकाडो
विश्व वातावरण दिवसको अवसरमा पत्रकार सम्मानित
नेपाल आइडल रवि ‘दिलको फ्रेममा’
अभिनेत्री सरिता लामिछानेलाई आयो धम्की
बालविवाह गर्नेलाई सेवा दिन्नौ
विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा मन्दिर तथा स्थानीय परिसर सरसफाई
सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम
थप
क्उयलकयचभम ीष्लपकथ्यग ःबथ ीष्पभ
एबिथ तजष्क न्बmभ ायच ज्ञ ःष्लगतभ बलम कभभ धजथ भखभचथयलभ ष्क बममष्अतभम
म्भकभचत इचमभच
एचष्कयलभच भ्कअबउभक ब्अिबतचबश क्ष्ल ज्ञढटद्द, छछ थ्भबचक ीबतभच त्जभ ँद्यक्ष् च्भअभष्खभम त्जष्क
एबकतँबअतयचथ
ठ ल्बतगचब िएबष्ल च्भष्भिा त्भअजलष्त्रगभक त्जबत च्भबििथ ध्यचप
ज्भबतिज ७ ज्गmबल च्भकभबचअज
क्ष्मभलतष्अब ित्धष्लक म्भझभम ूःयकत द्यभबगतषग िक्ष्ल त्जभ ध्यचमि,ू क्भभ त्जझ ल्यध१
न्ष्खभ क्ष्त ीयखभ
दथ त्बदययबि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here