काठमाडाैं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभयो।

धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको उहाँले बताउनुभएको छ ।
उहाँकाअनुसार महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।


















