देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव

97

धनगढी । कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज विहान वर्षा भएको छ । प्री-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो ।

धनगढीमा केहीदिन अगाडि थोरै असिना पानी परेको थियो । प्रिमनसुनी वर्षाले किसानको मसुर बालीलाई भिजाएको छ । किसानले अहिले मसुर काट्ने र भित्र्याउने काम गरिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाड तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ र हावाहुरीसहित क्षणिकदेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, रातिपनि देशभर बदली रहने र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here