नेपालले अब विश्वकप क्रिकेट खेल्न यस्ताे गर्नुपर्छ?

12

काठमाडौं । नेपाल आईसीसी ओडीआई लिग-२ को शीर्ष तीनमा पर्दै सिधै विश्वकप छनोटमा पुगेको छ। विश्वकप छनोटका खेल आगामी जुन र जुलाईमा जिम्बावेमा हुने तय भइसकेको छ।

विश्वकप छनोटका खेलपछि शीर्ष दुई देशले आगामी विश्वकपमा खेल्न पाउनेछन्। एकदिवसीय पुरुष विश्वकप २०२३ अक्टुबर १० देखि नोभेम्बर २६ सम्म भारतमा हुँदैछ।

जम्मा १० देशले खेल्ने विश्वकपका लागि १३ देश रहेको सुपर लिगबाट ८ देश सहभागी हुनेछन्। वरीयताको शीर्ष क्रममा रहेका देशहरुको पहिलो चरणको छनोट (सुपर लिग) भइरहेको छ। सुपर लिगमा १ देखि १३औं वरीयतामा रहेका १२ वटा पूर्ण सदस्य (टेस्ट मान्यता पाएका राष्ट्रहरू) र नेदरल्याण्ड छन्।

तीमध्ये ७ देश इङ्ग्याण्ड, न्यूजिल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान छनोट भइसकेका छन्। अबका खेलबाट एउटा वेस्ट इन्डिज, आयरल्यान्ड र श्रीलंकामध्ये एक छनोट हुनेछन्। अहिलेको तालिका हेर्दा वेस्ट इन्डिजको सम्भावना बलियो छ।

आईसीसी ओडीआई विश्वकपमा पहिलोदेखि ३२ वरीयताक्रमसम्मका देशबाट सहभागिता गराउनका लागि विश्वकप छनोट चरणहरु तय गरिएको हो।  वरीयतामा १४ देखि ३२ सम्म रहेकाहरुलाईसमेत खेलका आधारमा विश्वकपमा हभागी हुने मौकाका लागि विश्वकप क्वालिफायर खेलाइन्छ।

सुपर लिगको पुछारमा रहेका पाँच, लिग-२ को शीर्षमा रहेका तीन र प्लेअफबाट छनोटमा पुगेका दुई गरी १० देशबीच विश्वकप छनोट खेल हुनेछन्।

नेपालले विश्वकपमा छनोट हुनका लागि यी १० मध्ये शीर्ष दुईमा पर्नुपर्नेछ। विश्वकपमा छानिनका लागि नेपालले अब साउथ अफ्रिका वा वेस्टइन्डिज वा श्रीलंका वा आयरल्यान्ड मध्ये तीन, जिम्वाबे र नेदरल्यान्ड्सँग खेल्नुपर्ने पक्कापक्की जस्तै छ।

ICC-World-Cup-2023-Schedule-Team-Venue-Time-Table-PDF-Point-Table-Ranking-Winning-Prediction-11679022094.jpg

विश्वकपमा  १४–२० सम्म रहेका एक दिवसीय मान्यता प्राप्त एसोसिएट राष्ट्रहरूलाई लिग–२ खेलाइन्छ। शीर्ष तीन (स्कटल्यान्ड, ओमान र नेपाल) लिग-२ बाट विश्वकप छनोट खेलका लागि छानिएका छन्। लिग-२ कै स्कटल्यान्ड र ओमानसँग पनि फेरि विश्वकप छनोटमा भिड्नुपर्नेछ।

यसैगरी २१ देखि ३२औं वरियतामा रहेका राष्ट्रहरू च्यालेन्ज लिगमा खेल्छन्। लिग–२ का सबै खेल खेलिसकेपछि पुछारमा रहने बाँकी चार देशहरूले च्यालेन्ज लिगका विजेतासँगै आईसीसी क्वालिफाएर प्ले–अफ खेल्नुपर्छ। आईसीसीले दुई समूहमा बाँडेर च्यालेन्ज लिग ए र च्यालेन्ज लिग बी खेलाएको थियो।

च्यालेन्ज लिगबाट क्यानडा र जर्सी छनोट भएका छन्। उनीहरुसँग लिग-टु को शीर्ष तीनमा पर्न नसकेका नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी खेल्नेछन्। क्लालिफायर प्ले-अफका खेल हुन बाँकी छन्। उक्त खेलेपछि यी ६ देशहरुमध्ये शीर्ष दुई देश विश्वकप छनोटमा पुग्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here