मोहन्याल बहुमुखी क्याम्पसमा १ मत अन्तरले क्रान्तिकारीकाे जित

345

धनगढी ।  कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्।

उनले २५ मत पाए। उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीले २४ मत पाएका थिए। भण्डारीभन्दा १ मत बढी पाएर खत्री विजयी भएका हुन्।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत पाएका थिए। सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरी २८ मत पाएर विजयी भइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here