१७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल भारतसंग पराजित

69

काठमाडौं । १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको छ।

१७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको बंगलादेशको बिएसएसएस मोस्तफा कमाल स्टेडियममा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको हो।

भारतको जितमा शिल्जी शाहजीले गोलको ह्याट्रिक पूरा गर्दा पूजाले १ गोल गरिन्। नेपालका लागि वर्षा ओलीले सान्त्वना गोल फर्काइन्। खेलको १० औँ मिनेटमा शिल्जी शाहजीको गोलमार्फत अग्रता लिएको भारतले ३९ औँ मिनेटमा शिल्जीले व्यक्तिगत दोस्रो गरिन्।

लगत्तै ४१ औँ मिनेटमा पूजाले भारतका लागि तेस्रो गोल गरिन्। खेलको ५४ औँ मिनेटमा वर्षा ओलीले नेपालका लागि गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। खेलको ८१ औँ मिनेटमा भारतका लागि शिल्जीले ह्याट्रिक गोल गरिन्।

च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, भुटान, भारत र रुसको सहभागिता छ। सिंगल राउण्ड रोबिनपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here