भारतमा ब्याटलग्राउन्ड मोबाइल गेममाथिको प्रतिबन्ध हटाउँदै

39

काठमाडौं । भारत सरकारले ब्याटलग्राउन्ड मोबाइल इन्डिया अर्थात बीजीएमआईमाथिको प्रतिबन्ध हटाउने भएको छ । भारत सरकारले बीजीएमआईमाथि नरम हुँदै ससर्त रुपमा त्यसमाथिको प्रतिबन्ध हटाउने सङ्केत दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको केन्द्र सरकारले जुलाई २०२२ मा बीजीएमआईमाथि प्रतिबन्ध लगाएको थियो । सुरक्षाको कारण देखाउँदै भारत सरकारले उक्त निर्णय लिएको थियो । त्यसयता बीजीएमआईले सरकारी चासो सम्बोधन गर्दै पुनः बजारमा फर्किने बाचा गर्दै आएको थियो ।

न्युज १८ को रिपोर्टलाई आधार मान्ने हो भने भारत सरकार तीन महिनाका लागि बीजीएमआईमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो ।

बीजीएमआई फिर्ता भएको खण्डमा त्यसमा केही घण्टाको सीमितता लागू हुनेछ । जसबाट युवाहरूमा बीजीएमआई खेल्ने लत लाग्नेछैन । साथै बीजीएमआईमा रगतको रङ्ग समेत परिवर्तन गरि हरियो वा निलो बनाइने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here