जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि विशेष प्रशिक्षण सुरु

58

जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि विशेष प्रशिक्षण सुरु प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका सम्बन्धि प्रशिक्षण सुरु भएको छ।

आज देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो सीप अनुसारको ज्ञान दिनु पर्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले दिगो विकास हुने विस्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत टाेपेन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो।शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले जनभावना अनुसार विकास र समृद्धि हासिल गर्न जनप्रतिनिधि र कर्मचारी विचको समन्वय ,सहकार्य तथा सहजिकरण प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो।आगामी शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय विकास प्रतिष्ठानका टाेपेन्द्र प्रसाद रिजाल,उदयनाथ खनाल,हेमराज थापा,अमित श्रेष्ठ लगायतले तालिमको सहजीकरण गर्नु हुनेछ।

प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि र विभिन्न विषयगत शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख बलराम पौडेलले गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here