काठमाडाैं । तेजनेपाल सारा संसार मिडिया गायक, संगीतकार रवि कुमार रिमालको नयाँ गीत ‘साथी त्यो मेरो(चुतिया साले)’को अफिसियल भिडियो सार्वजनिक भएको छ ।
गायक स्वयमकै अफिसियल युट्युब च्यानल रवी कुमार रिमाल मार्फत उनले यो भिडियो सार्वजनिक गरेका छन । गायक स्व्यमकै कथा, निर्माण तथा निर्देशनमा तयार पारीएको यस् भिडियोमा आफ्नो बाल्यकालकमा साथीभाईहरुसंगको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु समेटिएको छ । गीतको एरेन्ज भुपेन्द्र बज्राचार्य गरेका हुन भने अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोखरेल, निशान न्यौपानेको रहेको छ ।
भिडियो तयारीमा आफु र आफ्नो टिम दिन रात नभनीकन लागी परेको गायक रिमालले बताए । साथै आफ्नो यस् भिडियोलाई सबैले माया गरेको र सार्वजनिक भए लगत्तै बढी भन्दा बढी शेयर गरिरहेको र मनपराइएकोमा पनि खुशी भएको बताए । विशेष गरी साथीभाईको नाताको एउटा कथाले सबैको मन छोएको र विगतका केही कुरा सम्झना गराएको प्रतिकृया पाएको पनि गायक रिमालले बताए । डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थुप्रै सांगितिक कार्यक्रममा व्यस्त रहने गायक मध्यका एक हुन भने गायन र संगीतसंगै उनले पछील्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन ।
आँफैले गरेको केही एरेन्जहरु बजारमा आईसकेको र केही आउने तयारीमा रहेको र दर्शक श्रोताबाट पनि राम्रो प्रतिकृयासंगै थप हौसला प्रदान भएको पनि उनले बताए । बहुचर्चित गीत ‘चरी उड्यो बादल छुनलाई” पछी आफुले अहिलेसम्म आईपुग्दा पछाडि फर्केर हेर्नु नपरेको बताउदै उनले निरन्तर आफ्नो सांगितिक यात्रालाई अगाडि बढाउन थप हौसला मिलेको बताए भने आफ्नो “स्याड रोज” ब्याण्ड्संगै बाल्यकालका साथीभाईहरुलाई विशेष सम्झना स्वरुप यो गीत समर्पित गर्न चाहेको कुरा पनि बताए । नवलपुरको ग्रामीण क्षेत्र र त्यस वरपरको क्षेत्रमा सम्पन्न गरिएको यस् भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।

















