अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाकाे सहज जित

91

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि अर्जेन्टिनाले जित हात पारेको छ।

बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले २-० गोलको जित हात पारेको छ।

अर्जेन्टिनाका लागि ७८ मिनेटमा अल्माडाले पहिलो गोल गरे। खेल सकिन एक मिनेट बाँकी छदा मेसीले अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

पहिलो हाफमा मेसीको गोल गर्ने प्रयास पोस्टमा लागेको थियो।

अर्जेन्टाइन कप्तान मेसीले दोस्रो हाफमा गरेको प्रहार फेरि पोलमा लागेको थियो।

तर खेल सकिन एक मिनेट बाँकी छदा मेसीले गोल गर्दा करिअरको ८००औं गोल गर्न सफल भए।

मेसीले क्लब र देशका लागि गरी करिअरमा ८ सय गोलको कोशेढुंगा पार गरेका हुन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here