काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउछौं’ उनले भने ।


















