काठमाडौं / नेपालको भू-भाग भारतमा गाभेर नेपालको नयाँ नक्सा भारतमा तयार गरिएको चर्चा चलिरहेका बेला नापी विभागका महा निर्देशकसमक्ष नेपालको भू-भाग खाजी गर्ने काममा नेपालका देशभक्त सचेत नागरिकहरु क्रियशील भएका छन् । यसैक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको नक्साबाट नेपाली भूभाग लिम्पियाधुरा बेपत्ता भएको सन्दर्भमा नापी विभाग पुगेर नेपाली भूभाग लिम्पियाधुराको खोजी गर्दा नापी विभागका महा निर्देशकले लिम्पियाधुराबारे आश्चर्यजनक जवाफ दिएका छन् ।
मोर्चाका संयोजक फणिन्द्र नेपालको नेतृत्वमा नापी विभाग अगाडि मैनबत्ती बालेर नेपालको सिमाना आजै खोजी गरिएको हो । मध्यान्ह १२ः४५ बजे नापी विभागका नायब महानिर्देशक सुरेशमान श्रेष्ठसँग नेपालको नक्सामा लिम्पियाधुरा कहाँ छ भनेर मोर्चाले ज्ञापन पत्र बुझाएको छ । मोर्चा समक्ष महानिर्देशकले लिम्पियाधुरा धेरै पहिलेदेखि नै नेपालको नक्सामा नभएको प्रतिक्रिया दिएका थिए ।

















