काठमाडौंमा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा

182

काठमाडौं/ बुधबारबाट काठमाडौंमा सुविधासम्पन्न बसहरु सञ्चालन हुने भएका छन् । समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनर ९एसी०को सुविधा छ ।

काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।अपांगमैत्री ४० सिटे बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु जनाउँछन् । बसमा अपांगलाई दुई वटा ह्वीलचियर राख्ने स्पेश रहेको छ । यस्तै उभिएर यात्रा गर्नेका लागि पनि प्रशस्त स्पेश राखिएको छ ।

१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क-नारायणगोपालचोक-रत्पनपार्क-त्रिपुरेश्वर-कालिमाटी-कलंकी-सितापाइला हुँदै नयाँबसपार्कमा परिक्रमा गर्नेछन् ।

४ वटा बसहरु भने नयाँबसपार्क-चाबहिल-एपरपोर्ट-तीनकुने-नयाँबानेश्वर-रत्नपार्क आएर सोही रुट भएर फर्किनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here