मछालेगु बानी गनं वल म्यूजिक भिडियो सार्वजनिक

268

काठमाडाैं । चर्चित गायिका निशा देशारको स्वर तथा संस्कृतिविद् सुवर्ण शाक्यको शब्द र न्यूह बज्राचार्यको संगीतमा मछालेगु बानी गनं वल बोलको नेपाल भाषाको गीत हालै भिडियोसहित सार्वजनिक भएको छ।

प्राेदक्सन कनसेप के.बी. एस लुभुले गरेकाे साे भिडियाेमा तत्कालिन दरबार हाई स्कुलको प्रिन्सिपल रहेका सुवर्णद्वारा रचित यो गीत ६५ वर्षपछि रेकर्ड गरिएको हो।

करिव पाँच महिना अघि रेकर्ड भएको यो गीतलाई भिडियोसहित म्हम्ह ईभेन्ट नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तत्कालिन समयमा काडामाडौंका डबलीमा देखाइने दबुं प्याखं अर्थात डबली नाटकमा निकै लोकप्रिय मानिने ऐतिहासिक यो गीत पुराना पुस्तामाझ लोकप्रिय छ भने पुराना पुस्ताका नेवार समुदायको जिब्रोमा झुण्डिएको पाइन्छ।

गीतको यहि ऐतिहासिक पक्षलाई जगेर्ना गर्ने उद्देश्यले मोतीहर्ष फाउण्डेशनका अध्यक्ष सुनीलकुमार शाक्यले रेकर्ड गरेका हुन्।

सुजन वज्रचार्य खोपेको निर्देशन रहेको गीतको भिडियोमा मनोज महर्जन, रेनिशा महर्जन, रवि डंगोल ञबेईमानु लगायतको अभिनय छ। भिडियोमा शैलेश श्रेष्ठको छायांकन र सम्पादन रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here