इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउने

36

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको जनाएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको जनाए ।

प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको जनाए । ‘यहाँ विचित्र रहेछ, इम्बोस्ड नम्बर प्लेट ‘रिड’ गर्ने प्रविधियुक्त गेट नै छैन,’ उनले भने, ‘गेट राख्न पहल लिएका छौं, २ ठाउँमा राख्ने निर्णय भइसकेको छ ।’

मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको जनाए । ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले जनाए ।

‘इम्बोस्ड जोड्दाको शुल्क केही कम गर्न सकिन्छ भनेर छलफल भएको छ’ उनले भने । मन्त्री श्रेष्ठले सवारीको फिटनेस टेस्ट र ग्रिन स्टिकरका लागि लाइन लाग्न नपर्ने व्यवस्था गर्न लागिएको बताए । यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here