काठमाडौं । दस दलीय सत्ता गठबन्धनभित्र ठूला मन्त्रालय पाउन लुछाचुँडी भइरहेका बेला नेकपा एसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
यतिबेला प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका नेताहरूबीच मन्त्रालय भागबन्डा, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भइरहेको छ।
सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपा एसले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ। तर गृह मन्त्रालय आफैंले राख्ने माओवादी केन्द्रको अडान छ।
यद्यपि गृहकै कारण गठबन्धनभित्र अविश्वास बढाउन नहुने बताएर नेकपा एसले आफ्नो दाबीलाई अन्य मन्त्रालयतिर सहमतिमा जान सकिने बताएको छ।
बेलुकी ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भनिएको छ। बैठकमा मन्त्रालय भागबन्डामा कुरो आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री प्रचण्ड लागेको बताइन्छ। नेकपा एसले केन्द्रमा तीन र सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।

















