नेकपा एसबाट उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने

254

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन्।

अहिले एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पहिलो चरणको मन्त्रिपरिषद्‍ विस्तारमा ज्वालालाई पठाउने निर्णय गरेको हो।

ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का भएका हुन्।

प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका ९ दलसँग पहिलो चरणमा मन्त्रिपरिषद्‍ विस्तारका लागि १/१ जनाको नाम मागेका छन्।

सम्भवत् प्रधानमन्त्री दाहालले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here