लिभरकुसनविरुद्ध म्युनिखको सानदार जित

32

काठमाडौं । जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।

लिभरकुसनको मैदानमा सम्पन्न खेलमा बायर्नले ५–१ गोलको जित निकालेको हो। बायर्नको जितमा लेवान्डोस्की र गन्याब्रीले समान २–२ गोल गरे त्यस्तै, थोमस मुलरले पनि एक गोल गरे।बायर्नले सबै गोल पहिलो हाफमा गरेको थियो। लेवान्डोस्कीले खेलको तेस्रो र ३० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। ३४ औं मिनेटमा मुलरले गोल गरे भने गन्याब्रीले ३५ औं र ३७ औं मिनेटमा गोल गरे।

त्यसक्रममा बायर्नले ७ मिनेटमा चार गोल गरेको थियो। यससगै बायर्नले पहिलो हाफमा ५–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा भने उसले गोल गर्न सकेन। बरु लिभरकुसनका प्याट्रिक स्चिकले ५५ औं मिनेटमा एक गोल फर्काए।

आइतबार रातिको जितसँगै बायर्नले १९ अंक बनाएर दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई एक अंकले उछिनेको छ। पराजित लिभरकुसन भने तेस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here