बजेट मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको राजेन्द्र महतोको आरोप

333

काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले विगतका बजेटझैं यो बजेट पनि मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको आरोप लगाएका छन् ।

मंगलबार संघीय संसदमा बजेटमाथि छलफलमा बोल्दै उनले मधेशमा आधाभन्दा बढी जनसंख्याको बसोबास रहेतापनि बजेट २० प्रतिशतभन्दा कहिल्यै बढी विनियोजन नगरेको आरोप लगाएका हुन् ।

‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’ उनले भने । उनले संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता जिकिर गरेका छन् ।

उनले संघीयता भनेको प्रदेशहरु स्वायत्त हुनुपर्ने, अधिकार सम्पन्न हुनुपर्ने लगायतका कुराहरुमा यो बजेट बिल्कुलै उल्टो रहेको धारणा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here